१२ लाख बरावरको चोरीको मेटल ह्याण्डी क्राफ्टका समानसहित ४ जना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी बृत्त स्वयम्भूले चोरीको मेटल ह्याण्डी क्राफ्टका समान सहित चोरहरुलाई पक्राउ गरेको छ । काठमाडौंँ १५ चमती जनमार्गवाट चोरीका समान सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी बृत्त स्वयम्भूका डिएसपी लालधोज सुवेदीका अनुसार जिल्ला काभ्रेपलान्चोक तेमाल गाँउपालिका वडा नं. ४ घर भएका वर्ष २९ को रमेश रसाईलीले संचालन गरेको ह्याण्डी क्राफ्ट कारखानाबाट पित्तल तथा कासबाट बनेको करिब १२ लाख मुल्य बराबरको घण्टी लगायतका सामानहरु चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको बताए ।
डिएसपी सुवेदीले पक्राउ परेका सोही कारखानामा काम गर्ने जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध न।पा १२ बुचाकोट घर भएका वर्ष १८ को दयाराम गहतराज,जिल्ला काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं. १ घर भई वनस्थली कोठा गरी बस्ने वर्ष २४ का रोशन लामा, सोही घर भएका वर्ष २३ को मान बहादुर बिक, वर्ष २२ को रामलाल तामाङ्ग भई उक्त ह्याण्डी क्राफ्टका सामानहरु चोरी गरी बनस्थलीस्थित रोशन लामाको कोठामा लुकाई छिपाई राखेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।
बृत्तले कासको जस्तो देखिने घण्टी ४४५ थान, पित्तल तथा कास जस्तो देखिने नौ सिङ्गे दोर्जे १५० थान, पित्तल तथा कास जस्तो देखिने एण्डी ५५ थान,पित्तल तथा कास जस्तो देखिने नौ सिङ्गे मुर्ती सानो साईजको १५५ थान, पित्तल तथा कास जस्तो देखिने नौ सिङ्गे मुर्ती ठुलो साईजका १५४ थान,पित्तल तथा कास जस्तो देखिने चारसिङ्गे एण्डी ११५ ,पित्तल तथा कास जस्तो देखिने घण्टीमा जोडिन प्रयोग हुने विभिन्न पार्टपुर्जाहरु ६०५ थान बरामद गरिएको स्वयम्भू प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण