इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले आफ्नो इतिहासमै पहिलो पटक राष्ट्रियस्तरको लोक तथा दोहोरी गीत प्रतियोगिता ‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’ आयोजना गरेको छ ।
संस्थानले आफ्नो ५४औं वार्षिकोत्सवको अवसर पारेर यो बुधबारबाट प्रतियोगिता सुरुवात गरेको हो । बुधबार आयोजित एक विशेष समारोहबिच विशिष्ट लोकगायक नारायण रायमाझीले प्रतियोगिताको औपचारिक सुरुवात गरे ।
कार्यक्रममा लोकगायक नारायण रायमाझीले सांस्कृतिक संस्थानमा आफू विगतमा रेडियो नेपालबाट काजको रूपमा काम गरेको स्मरण गर्दै संस्थानले नीति तथा कार्यक्रममा राखेर दोहोरी कार्यक्रम गरेको यो पहिलो भएको धारणा राख्दै निरन्तरताको कामना गरे । रायमाझी ‘दोहोरी खेल सभ्य हुनुपर्छ,' रायमाझीले भने ।
‘नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण’ मूल नाराका साथ सुरु भएको प्रतियोगिताले नेपाली लोक संगीतको क्षेत्रमा नयाँ जागरण ल्याउने आयोजकले विश्वास लिएको छ । संस्थानले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेर देशैभरिका प्रतिभाहरूलाई एउटै मञ्चमा समेट्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो ।
प्रतियोगिताको मुख्य उद्देश्य लोक गीत र संगीतको संरक्षण गर्नु रहेको छ । २०१६ सालमा स्थापना भएको ‘राष्ट्रिय नाचघर’लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकास गर्ने उद्देश्यले सञ्चार संस्थान ऐन, २०२८ अनुसार वि.सं. २०२९ असार ५ गते नाम परिमार्जन गरी ‘सांस्कृतिक संस्थान’को रूपमा पुनर्गठन गरिएको थियो । यसरी ऐतिहासिक रूपमा ६७ वर्ष तथा संगठनात्मक रूपमा ५४ वर्षको गौरवशाली विरासत बोकेको यस संस्थाको इतिहासमा आफैले यस्तो खालको कार्यक्रम आयोजना गरेको रेकर्ड छैन ।
कार्यक्रम केही अघि गर्ने योजना नाचघरको थियो । देशमा भएको जेनजी आन्दोल र त्यसपछि सृजित परिस्थितीले कार्यक्रम अहिले आएको सांस्कृतिक संस्थाका महाप्रवन्धक किरणबाबु पुनले बताए ।
‘यो कार्यक्रम अलि पहिल्यै सम्पन्न गर्ने हाम्रो योजना भए तापनि देशको विशेष परिस्थितिका कारण तोकिएको समयसीमा अलिकति तलमाथि हुन पुग्यो,' पुनले भने ‘त्यसपछि यसका लागि उपयुक्त साइत कहिले जुर्ला भनेर हामी पर्खिरहेका थियौँ । अहिले नाचघरको बार्षिक उत्सव पारेर आयोजना भएको हो ।’ संस्थाको उदेश्यमा लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन पनि रहेकोले यो बर्षबाट प्रतियोगीता थालिएको महाप्रवन्धक पुनको भनाइ छ ।
महाप्रबन्धक पुनका अनुसार पछिल्लो समय प्रविधिको विकास र डिजिटल युगसँगै मानिसहरूले स्वस्थ मनोरञ्जनका लागि लोक दोहोरीलाई बढी रुचाउने गरेका छन् । तर, व्यावसायिक लाभका नाममा यस क्षेत्रमा केही विकृति, वादविवाद र मतभेदहरू पनि भित्रिएका देखिन्छन् ।
‘हाम्रो संस्कृति खासमा के हो र यसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने देखाउँदै यस क्षेत्रमा एउटा नवजागरण ल्याउनु हाम्रो उद्देश्य हो,' महाप्रवन्धक पुनले थपे ‘लोक दोहोरीलाई सभ्य रूपमा नयाँ पुस्तामा हस्तान्तरण गर्ने एउटा सानो प्रयास मात्र हामीले गरेका हौँ ।’
प्रतियोगितामा देशका विभिन्न भूभागबाट आएका नवप्रतिभा तथा दोहोरी समूहहरूको सहभागीता छ । भौगोलिक विविधता र मौलिक गायन शैलीलाई प्रतिनिधित्व गर्ने गरी आएका यी समूहहरूका बीच हुने प्रतिस्पर्धाले नेपाली दोहोरीको असली सौन्दर्यलाई मञ्चमा उतार्ने अपेक्षा आयोजकले गरेको छ ।
कति छन् प्रतियोगी समूह ?
तीन दिन (३, ४ र ५ गते)सम्म आयोजना हुने प्रतियोगीताका लागि २५ समूह भिड्दैछन् । जसलाई दुई समुहमा विभाजन गरिएको छ । एक समूहमा १३ र अर्काेमा १२ समूह रहेका छन् । प्रत्येक समुहमा रहेका प्रतियोगी बिच पहिले प्रतिस्पर्धा हुनेछ । अन्तिममा प्रत्येक समुहबाट एक–एक प्रतियोगी फाइनलका लागि चयन हुनेछन् । प्रत्येक समुहबाट छानिएका एक एक प्रतियोगीबिच फाइनल प्रतिस्पर्धा ५ गते समापनको दिन हुनेछ ।
प्रतियोगितालाई व्यवस्थित र निष्पक्ष बनाउन लोक संगीत क्षेत्रका स्थापित र अनुभवी स्रष्टाहरूको टोली निर्णायक मण्डलमा सहभागी छ । जसमा दिग्गज लोकगायक दुर्गा रायमाझी, चन्द्र शर्मा, राधिका हमाल, सीता थापा, कृष्ण रेउले, दिपक खड्का र सुवास केसी रहेका छन् ।
यस्तो छ पुरस्कार र आकर्षण
प्रतियोगितालाई थप रोचक र व्यवस्थित रूपमा अगाडि बढाउन चर्चित गायक बद्री पंगेनी र गायिका मञ्जु पौडेल प्रस्तोताको भूमिकामा छन् । लोक संगीतका चर्चित गायक गायिका राजु परियार, मिलन लामा, राजु ढकाल र देवी घर्तीको विशेष दोहोरी प्रस्तुति समेत राखिएको छ । विजेता तथा उत्कृष्ट प्रतिभाहरूका लागि संस्थानले केवल पुरस्कार मात्र नभई उनीहरूको व्यावसायिक वृत्तिविकासका लागि पनि ठोस योजना अघि सारेको छ । प्रतियोगिताको विजेता (प्रथम) समुहले रु. २,००,०००/– (दुई लाख रुपैयाँ), उपविजेता (दोस्रो) समुहले रु. १,००,०००(एक लाख रुपैयाँ) रहेको छ । प्रतियोगीतामा सर्वोत्कृष्ट गायक, गायिकाले समेत रु. २५,०००(पच्चीस हजार रुपैयाँ) र सर्वोत्कृष्ट भेषभूषा तथा आभूषणले रु २५,००० (पच्चीस हजार रुपैयाँ) प्राप्त भने प्रतियोगीतामा सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण दिने समुहलाई समेत रु २५,००० (पच्चीस हजार रुपैयाँ) पुरस्कार रहेको छ ।
यसका साथै सबै विजेताहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिनेछ । पुरस्कारको महत्त्वपूर्ण पक्ष के छ भने, विजेता र उपविजेता समूहलाई सांस्कृतिक संस्थानकै रेकर्डिङ स्टुडियोमा १/१ वटा लोक तथा दोहोरी गीत रेकर्डिङ गर्ने व्यवस्था मिलाइएको छ । साथै विजेता, उपविजेता तथा सर्वोत्कृष्ट विधामा छानिएका कलाकारहरूलाई संस्थानले प्रदान गर्ने ६ महिने कला प्रशिक्षण अन्तर्गत गायन विधामा निःशुल्क सहभागी हुने अवसर समेत प्राप्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण