रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो ।
समितिको महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य र सदस्यहरूमा वसन्तकुमार श्रेष्ठ, अविस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउद (बोहरा) रहेका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको यही जेठ २९ गतेको पत्रानुसार तदर्थ समितिलाई रेडक्रसमा डिजिटल सदस्यता प्रणाली विकास गरी दर्ता, नवीकरण, अद्यावधिक गराउने व्यवस्था गर्ने तथा सदस्यता विस्तार गर्न जिम्मेवारी दिइएको छ ।
साथै समितिलाई सामाजिक सञ्जाल समेतका माध्यमबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने, युवा सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न पहल गर्ने, हालको साङ्गठनिक संरचनालाई नेपालको संविधानको सङ्घीय शासकीय व्यवस्थाबमोजिम पुनःसंरचना गर्ने, डिजिटल अद्यावधिक सदस्यबाट सोसाइटीको निर्वाचन गराउनेलगायत जिम्मेवारी प्राप्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण