पोखराका वडाअध्यक्षको घरमा सोमबार बिहानै बम बिस्फोट, विप्लवमाथि आशंका
सोमबार, ०९ मङ्सिर २०७६, ०७ : १५
पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ ।
बम बिस्फोटका कारण बिरौटा स्थित उनको घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ ।
घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।
घटनामा नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा जिम्मेवार हुनसक्ने आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण