एकसय आठ जोडीको विवाह एउटै मण्डपमा
महोत्तरी । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।
जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताए ।
उनले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताइएको छ ।
प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु