दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडीको बीमा गरियो
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना बीमा गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी सचिवालय तथा १३ औं साग आयोजक समितिले सोमबार बीमा कम्पनि आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतामा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे ।
आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिब्यक्ति पाँच लाखको बीमा गरेको हो । सम्झौतासँगै सागको बीमा प्रायोजक आईएमई रहनेछ । साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ । सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ । सागका लागि विदेशबाट खेलाडी र पदाधिकारी गरी कुल ३ हजार २ सय नेपाल आउँदैछन् । खेलाडी र पदाधिकारीको इन्सोरेन्स खेल अवधिका लागि मात्र मान्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण