सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नोट सहित एक जना पक्राउ

मङ्गलबार, १० मङ्सिर २०७६, १६ : ५६
मङ्गलबार, १० मङ्सिर २०७६

बारा । सिम्रौनगढ नगरपालिका- ५ बस्ने ३५ वर्षीय शम्भु महतोलाई एक हजार दरको नक्कली नोट १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप