गुल्मीमा जिप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते
गुल्मी । गुल्मीमा जिप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकको बुटिस गैरामा रिडिबाट ठुलोलुम्पेक तर्फ जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा सत्यवती गाउँपालिका वडा नम्बर ३ सिङदीकी ६८ वर्षीय ललितादेवि सिंजालीको घटना स्थलमै मृत्यु भएको र २३ वर्षका साजन राहादी, २२ वर्षका देव बहादुर विक, ७ बर्षका विरेन्द्र सिंजाली, पाल्पा घर बताउने २३ वर्षका अनिल विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ठुलोलुम्पेक तर्फ जाँदै जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए । दुर्घटनामा परेका घाइतेहरुको उपचारका लागि पाल्पा पठाईएको प्रहरी नायब उपरीक्षक घलेले बताए । जिप चालक कपिल बिक सम्पर्कमा नआएको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको छ । दुर्घटना के कारणले भएको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीलेजनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण