रक्सी, लागुऔषधको लतले बर्बाद भइन् यी बलिउड नायिकाः वरुण धवनसँग गरिसकेकी छिन् काम
बलिउड नायक वरुण धवनको फिल्म एबीसीडी टुकी नायिका र डान्सर लरेन गटबिलले आफूबारे निकै ठूलो खुलासा गरेकी छिन् । उनले एक अन्तर्वार्तामा फिल्म एबीसीडी टु पछि आफू नराम्रोसँग रक्सी र लागुऔषधको नशामा परेको बताएकी छिन् ।
३१ वर्षीया नायिका लरेन गटबिलले मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा आफू कतै अँध्यारोमा हराएको बताएकी थिइन् । लगभग ८ महिनासम्म आफूले सोसल मिडियामा हाँसिरहेको फोटो राखेता पनि भित्र भित्रै आफू अत्यधिक तनावमा भएको बताइन् ।
नायिकाले भनिन्, ‘म असाध्यै दुःखी थिएँ । म आफ्नो उदासीको उपचार नशामा खोज्न थालेँ । म रक्सी पिउँथे, लागुऔषधको प्रयोग गर्दथेँ । सायद ती सबै कुराहरु गर्थेँ जसले मलाई खुसी बनाउन सक्थ्यो ।’
यस्तो गरिराख्दा लरेनले आफूलाई पीडित पनि ठान्ने गरेको बताइन् । आफू यो दलदलबाट निस्कन उनलाई धेरै नै समय लागेको पनि उनले बताइन् ।
लरेन बिग बस ११, झलक दिखलाजा सिजन ६ मा पनि देखिइसकेकी छिन् । यसबाहेक उनले विभिन्न पञ्जाबी फिल्म र गीतमा पनि काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण