भक्तपुर क्यान्सर अस्पतालले गरेका सबै नियुक्ति बदर
बुधबार, ११ मङ्सिर २०७६, ०९ : ३२
भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ ।
समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा अजयकुमार झालाई नियुक्ति गरेको थियो ।
जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए।
ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन समितिलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण