“प्रभु बैंक डिबेन्चर २०८४” को निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग
बुधबार, ११ मङ्सिर २०७६, १८ : ४१
काठमाडौं– प्रभु बैंक लिमिटेडको “प्रभु बैंक डिबेन्चर २०८४” २ अर्ब बराबरको डिबेन्चर १०% व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड, नक्साल काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
कूल २०,००,००० कित्ता डिबेन्चरमध्ये १२,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन हुनेछ ।
उक्त कार्यको लागि २०७६ साल मंसिर ११ गते प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण