विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दियो २ अर्ब ७४ करोड
काठमाडौं । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हादाद जेरोभ्स एक कार्यक्रमका बीच अनुदान सहायतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत यो वर्ष ७० लाख विद्यार्थी, एकलाख असी हजार शिक्षक र तीस हजार बढी सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुने सम्झौतामा उल्लेख छ ।
यस्तै विश्व बैंकले नेपाली युवालाई स्वरोजगार बनाउन भन्दै युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना सञ्चालन गर्न पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ । यो परियोजना सञ्चालनको लागि १३ अर्ब ६३ करोड अनुदान सहायता उपलब्ध गराउने भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग पुग्नेगरी यो परियोजना सञ्चालन हुनेछ । देशभरि ७५३ वटा रोजगार सेवा केन्द्रको स्थापना गरि एकलाख बढी युवालाई रोजगार दिने सरकारको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण