पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको आग्रह
बुधबार, ११ मङ्सिर २०७६, २२ : ३३
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन शुरुआत गरेका छन् । यसक्रममा आज उनले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अवलोकन गरी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आफ्नो पेशाप्रति इमान्दार बनी सेवा पु¥याउन निर्देशन दिए ।
उनले भने, ‘मैले सुनेको छु केही स्वास्थ्यकर्मी तलब सरकारी लिन्छन्, काम निजीमा गर्दछन् । अब यो कार्य बन्द हुनुपर्छ । यसमा मन्त्रालयले प्रभावकारी अनुगमन गर्छ ।’ सरकारको नीति तथा कार्यक्रममा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न र गरीब जनतालाई अस्पतालको सेवाबाट सन्तुष्ट पार्न मन्त्री ढकालले निर्देशन दिए । उपकरण खरीद प्रक्रियालाई पारदर्शी बनाउने जानकारी पनि उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण