बैङ्कमा पनि पैसा सुरक्षित छैन !
काठमाडौँ। ‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस् ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ ।
आइतबार राति यस्तै घटना भयो । जनता बैङ्कका ग्राहक गोपालमान राजवाहकको खाताबाट अपरिचित व्यक्तिले करिब १९ लाख रुपियाँ निकालेका छन् । आफ्नो खाताबाट रकम झिकिएको म्यासेज पाएपछि बैङ्कमा पुगेका राजवाहाकको समस्याको समाधान भएन । त्यसपछि राति नै प्रहरीको सम्पर्कमा गएका गोपालमानले चेकबुक र एटीएमकार्ड आफूसँंग सुरक्षित हुँदाहुँदै अपरिचितले रकम झिकेको एसएमएस देखाएपछि प्रहरीले शङ्का लागि घटनाको अनुसन्धान सुरु गरेको हो ।
जनता बैङ्कको न्युरोड शाखाबाट तीन पटक गरी उहाँको खाताबाट १९ लाख रुपियाँ झिकिएको छ । सो रकम झिक्न अभियुक्तहरूले गोपालमानको खाता नम्बर मात्र नभई हस्ताक्षर चोरी र चेकबुक कपी गरेको पाइएको छ । यो घटनामा बैङ्कका कर्मचारीको समेत मिलेमतो हुनसक्ने आरोप प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले घटनामा संलग्न छजना अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए। गोरखापत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण