बालिका जन्मँदै ‘गर्भवती’, पेटबाट भ्रुण निकाल्न जन्मेको भोलिपल्टै शल्यक्रिया
कोलम्बियामा एक नवजात शिशुको जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ ।
बालिका इत्जमाराकी आमाकी आमा मोनिका भेगा जब सात महिनाकी गर्भवती थिइन् तब उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको डाक्टरहरुले पत्ता लगाएका थिए ।
अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि यस्तो अवस्था सृजना भएको हो ।
डाक्टरले गत मार्चमा नै भेगाको शरीरभित्र दुईवटा नाल भएको पत्ता लगाएको थियो । एउटा नालले उनी र छोरी इत्जमारालाई जोडेको थियो भने अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको थियो ।
उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने र यसले इत्जमाराको अंगमा क्षती पुर्याउने आशंका गर्दै इत्जमाराको शल्यक्रिया गर्न भेगाको तत्काल शल्यक्रिया गरिएको थियो ।
धड्कन र मस्तिष्क नभएको उक्त भ्रुण निकाल्न इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि इत्जमाराको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ ।
भ्रुणभित्र अर्को भ्रुण हुने घटना अत्यन्तै विरलै हुने घटना हो । युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यो घटना पाँच लाख जन्ममा एकजनामा देखा पर्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण