बालिका जन्मँदै ‘गर्भवती’, पेटबाट भ्रुण निकाल्न जन्मेको भोलिपल्टै शल्यक्रिया
कोलम्बियामा एक नवजात शिशुको जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ ।
बालिका इत्जमाराकी आमाकी आमा मोनिका भेगा जब सात महिनाकी गर्भवती थिइन् तब उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको डाक्टरहरुले पत्ता लगाएका थिए ।
अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि यस्तो अवस्था सृजना भएको हो ।
डाक्टरले गत मार्चमा नै भेगाको शरीरभित्र दुईवटा नाल भएको पत्ता लगाएको थियो । एउटा नालले उनी र छोरी इत्जमारालाई जोडेको थियो भने अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको थियो ।
उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने र यसले इत्जमाराको अंगमा क्षती पुर्याउने आशंका गर्दै इत्जमाराको शल्यक्रिया गर्न भेगाको तत्काल शल्यक्रिया गरिएको थियो ।
धड्कन र मस्तिष्क नभएको उक्त भ्रुण निकाल्न इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि इत्जमाराको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ ।
भ्रुणभित्र अर्को भ्रुण हुने घटना अत्यन्तै विरलै हुने घटना हो । युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यो घटना पाँच लाख जन्ममा एकजनामा देखा पर्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौथो पुस्ताको औद्योगिक प्रविधि प्रयोगमा जोड, दुई हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य
-
सेनाको ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम निरन्तर, प्रहरीको बढुवा अनुमानयोग्य बनाउने घोषणा
-
बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ
-
पत्रकारसँग मुख्यमन्त्री कँडेलको एक घण्टा : मसँग दन्ते कथा छैनन्
-
प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ८ जना पक्राउ
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग