सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागमा नेपाल प्रहरीको तर्फबाट ९२ जना छनोट

बिहीबार, १२ मङ्सिर २०७६, १८ : ३०
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४४ जना महिला र ४८ जना पुरुष गरी ९२ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएका छन् । 

प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टन, टेवलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुश्ती र महिला बास्केटबल गरी १९ खेलमा नेपाल प्रहरीले सहभागिता जनाउने भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप