सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागको उद्घाटन भव्य बनाइने, दशरथ रङ्गशालामा गरियो  ‘रिहर्सल’ (फोटो)

बिहीबार, १२ मङ्सिर २०७६, १८ : १३
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) को आइतबार हुने उद्घाटन भव्य बनाउन विषेश तयारी थालिएको छ । राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुनेछ । त्यसका बिहीबार रंगशालामा  ‘रिहर्सल’ गरिएको छ । 

नेपाली सेना, प्रहरी तथा विद्यार्थीले ‘रिहर्सल’ गरेका हुन् । 

सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ । 

यसैबीच राष्ट्रिय खेलकुद परिाषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलनगरी सागको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएको छ । 

‘सागको लागि आवश्यक भौतिक संरचना निर्माण पूरा भएका छन् । दशरथ रंगशालाको मर्मत कार्यले बिहीबार रातिसम्म पूर्णता पाउनेछ । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरी शनिबार खेल्नका लागि तयार हुनेछ । पोखरीमा शुक्रबार पानी राखिनेछ । पोखराको रंगशालामा पनि खेल्न सुरु गरिएको छ  । 

यसैगरी विदेशी पाहुना र साग आयोजनाको मुख्य चुनौतीको रुपमा रहेको सुरक्षा ब्यवस्थालाई सहज रुपमा सम्पन्न गरिने सुरक्षा समितिका संयोजक एवं प्रहरी महानिरिक्षक सवेन्द्र खनालले बताए । 

सागमा विशेष गरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरेको छ । मंसिर १५ गते हुने सागको उद्घाटन र २४ गतेको समापनमा जोर र विजोर नम्बर प्लेटको गाली चलाउन आग्रह गरिने पनि बताईएको छ । दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप