सागको उद्घाटन भव्य बनाइने, दशरथ रङ्गशालामा गरियो ‘रिहर्सल’ (फोटो)
काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) को आइतबार हुने उद्घाटन भव्य बनाउन विषेश तयारी थालिएको छ । राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुनेछ । त्यसका बिहीबार रंगशालामा ‘रिहर्सल’ गरिएको छ ।
नेपाली सेना, प्रहरी तथा विद्यार्थीले ‘रिहर्सल’ गरेका हुन् ।
सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ ।
यसैबीच राष्ट्रिय खेलकुद परिाषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलनगरी सागको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
‘सागको लागि आवश्यक भौतिक संरचना निर्माण पूरा भएका छन् । दशरथ रंगशालाको मर्मत कार्यले बिहीबार रातिसम्म पूर्णता पाउनेछ । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरी शनिबार खेल्नका लागि तयार हुनेछ । पोखरीमा शुक्रबार पानी राखिनेछ । पोखराको रंगशालामा पनि खेल्न सुरु गरिएको छ ।
यसैगरी विदेशी पाहुना र साग आयोजनाको मुख्य चुनौतीको रुपमा रहेको सुरक्षा ब्यवस्थालाई सहज रुपमा सम्पन्न गरिने सुरक्षा समितिका संयोजक एवं प्रहरी महानिरिक्षक सवेन्द्र खनालले बताए ।
सागमा विशेष गरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरेको छ । मंसिर १५ गते हुने सागको उद्घाटन र २४ गतेको समापनमा जोर र विजोर नम्बर प्लेटको गाली चलाउन आग्रह गरिने पनि बताईएको छ । दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण