स्काभेटर भासिएर भोटेकोशीमा खस्दा चिनियाँ नागरिकको मृत्यु
शुक्रबार, १३ मङ्सिर २०७६, ०८ : १३
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं–२ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा सञ्चालनमा रहेको स्काभेटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
स्काभेक्टर भासिएर भोटकोशी खोलामा डुबेर भएको दुर्घटनामा चालक चिनियाँ नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ।
टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको लागि भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर भासिएर दुर्घटना हुदाँ चालकलाई खोलाले बगाएको हो ।
खोलाले बगाएर लैजादै गरेको समयमा करिब ५ सय मिटर तलबाट चालकलाई उद्धार गरेपनि उनको घटनास्थलमै मृत्यु भएको रसुवा प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण