आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा उपनिर्वाचनको तयारी पुरा

शुक्रबार, १३ मङ्सिर २०७६, १६ : २०
शुक्रबार, १३ मङ्सिर २०७६

बुटवल । गुल्मीको एक वडामा शनिवार हुन गइरहेकोे उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ६ रिमुवामा हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जहाँ  वडाअध्यक्ष पदको लागि उपनिर्वाचन हुने भएको हो । निर्वाचनको मतदान स्थल निर्माण तथा कर्मचारी परिचालन लगायतका कामहरु सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए । निर्वाचनका लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ ।

जसको लागि २ जना मतदान अधिकृत, ४ जना सहायक मतदान अधिकृत ८ स्वयमसेवक, २ जना सहयोगी गरि १४ जना कर्मचारी बिहिवारवाट मतदान स्थलमा खटिएका छन् । मतदानको लागि विहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकल गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाकाअनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना खटिएका छन् । ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई निरौलाले आग्रह गरे । निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

निर्वाचनको लागि वडामा पुग्ने ४ स्थानका नाका शुक्रवार रातीबाट बन्द गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधिभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पूर्णबहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हँुदैछ । वडाअध्यक्ष पदका लागि ३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् । त्यस्तै सोही वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेवार रहेका छन् ।  वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप