मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा
काठमाडौं– एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ । जसअन्तर्गत, मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् ।
यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ । यस योजना अन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन् । त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन् ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।
एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् ।
यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स ३०२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरि योजनाको मजा लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण