अध्यक्ष प्रचण्डको नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन जाँदै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् ।
यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने त्यसको टुङ्गो नलागेको बताए । उनले भने, “टोलीमा पार्टी केन्द्रीय कमिटीभन्दा बाहिरका पनि नेता हुन सक्छन् । ”
पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै केन्द्रीय कमिटी सदस्यलाई चीन घुमाइसक्ने योजना रहेको जानकारी दिए । उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै नेतालाई चीन भ्रमण भनेको छ, सोही योजनाअनुसार पहिलो टोली प्रचण्डको नेतृत्वमा जान लागेको हो । ’’
चीनले नेकपाका मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत चीनमा आमन्त्रण गर्ने कार्यक्रम आफूलाई जानकारी भएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा भारतको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास
-
पूर्वाधार विकासमा धेरै ठुला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली
-
सिराहा प्रहरी प्रमुखमा पण्डित
-
विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ
-
कवाड व्यवसायीहरूलाई पूर्ण सुरक्षाको ग्यारेन्टी हुन्छ : प्रधानमन्त्री
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक