‘अब स्वर्ण नै जित्छौँ’
काठमाडौँ । नेपाली महिला भलिबल टोलीको प्रदर्शन पछिल्लो समय शानदार बनिरहेको छ । भर्खर बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि चुमेर स्वदेश फर्किएको महिला टोली अहिले १३ औँ सागको ऐतिहासिक स्वर्णको सम्मुखमा छ ।
नेपालले साग महिला भलिबलको रजत पदक कम्तीमा पक्का गरिसकेको छ । रजतनै नेपालका लागि ऐतिहासिक पदक हो । यद्यपी नेपाली टोली त्योभन्दा ठूलो ऐतिहासिक स्वर्णको नजिक छ । नेपाली महिला भलिबल टोलीले सागमा यसअघि तीन पटक काँस्य जितेको थियो ।
नेपाली महिला भलिबल टोलीले सन् १९९९, सन् २००६ र सन् २०१६ को सागमा काँस्य जितेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ३–० सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको छ ।
नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले नेपालको एउटै लक्ष्य उपाधि भएको बताए । फाइनलमा नेपालले परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।
समूह चरणमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर नेपालसँगको उपाधि भीडन्त पक्का गरेको हो ।
फाइनलमा नेपालका लागि भारतसँग समूह चरणमा खेपेको हारको बदला लिने राम्रो मौका समेत मिलेको छ । मङ्गलबार हुने फाइनल खेलमा नेपालले पुरानो गल्तीलाई सच्याउने पनि प्रशिक्षक भट्टले बताएका छन् ।
‘हाम्रो एउटै लक्ष्य स्वर्ण हो । हामीले पहिलेदेखि स्वर्ण जित्छौँ भन्दै आएका छौँ । अब अझै दुई दिन बाँकी छ । अघिल्ला खेलको कमजोरीलाई सुधार गर्दै भारतसँग स्वर्णका लागि भिड्ने छौँ । श्रीलङ्कासँगको जीतले खेलाडीको मनोबल झनै उच्च भएको छ । दर्शकको समर्थन हाम्रा लागि अर्को फाइदा हुनेछ,’ प्रशिक्षक भट्टले भने ।
नेपाली टोलीकी कप्तान अरुणा शाहीले पनि घरेलु भूमिमा भारतलाई हराएर स्वर्ण जितेर छाड्ने दावी गरिन् । ‘हामी भारतसँग उच्च मनोबलका साथ खेल्नेछौँ । समूह चरणमा हामीले सानो गल्तीले हार खेपेका थियौँ । फाइनलमा पुगेर इतिहास रचेका छौं । तर हाम्रो लक्ष्य स्वर्ण नै जित्ने हो । त्यसका लागि हामीले लामो तयारी र धेरै मिहेनत गरेका छौँ,’ अरुणाले भनिन् ।
नेपालको पुरुष भलिबल टोली भने यसअघिनै समूह चरणबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण