भक्तपुरमा नेपाली काँग्रेस २३ सय भोटले अगाडि
काठमाडौँ । भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्का पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । आइतबार बिहान सात बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार २३ सयभन्दा बढी भोटले अगाडि रहेका छन् ।
यस्तो छ हालसम्मको मतपरीणाम
सूर्य – ६७८३
रुख – ९०९५
मादल – २०६४
गाई – २९४
तराजु – २४८
हासिया हथौडा – १४
हात – १५
उपनिर्वाचन मा ७०.७२ प्रतिशत मत खसेको छ । यस प्रदेशमा कुल ४५ हजार १५ मतदाता रहेकामा जम्मा ३१ हजार ६५२ जना मतदाताले मतदान गरेका छन् । २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा मतदान गरिएको थियो ।
यहाँ एक प्रदेश सभा सदस्यकालागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल, नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल र नेमकिपाका उम्मेदवार निरज लवजुबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण