५१ औँ दिन पार गर्न सफल ‘छ माया छपक्कै’
काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दिन पार गरेको छ । पछिल्लो समय रिलिज भएका धेरै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकिरहेको अवस्थामा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल भएको हो ।
दशैँको छेको पारेर गत असोज २४ बाट प्रदर्शनमा आएको यो फिल्मले बीएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकृष्ण मुभिज, अष्टनारायण, गुण र गंगा गरेर ६ चलचित्र घरमा प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको हो ।
फिल्मको सफलताको सम्पुर्ण श्रेय पहिले दर्शकलाई जाने निर्देशक दीपेन्द्र लामाले बताए ।
‘छ माया छपक्कै’ले ५१औं दिनसम्म करिब १४ करोडको ब्यवसाय गरेको अनुमान निर्माता रोहित अधिकारीले गरे ।
राजनीतिक पृृष्ठभूमिमा प्रेमकथा मिसाइएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण