उपनिर्वाचनको जारी मतपरिणामबारे काँग्रेसको आयो यस्तो प्रतिक्रिया
काठमाडौं । उपनिर्वाचनको जारी मत परिणामले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस उत्साहित बनेको छ ।
जारी मतपरिणामबारे रातोपाटीसँगको संक्षिप्त कुराकानीमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अपेक्षित नजिता आइरहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘०७४ को स्थानीय निर्वाचनमा दुई पार्टी रहेका एमाले र माओवादी एउटै पार्टी भएर एउटै चुनाव चिन्ह साथ उभिँदा निश्चित सिट प्राप्त गर्नेनै कुरा स्वभाविक हो । नेपाली काँग्रेसले अहिलेसम्मको नतिजा हेर्दा प्रायः ठाउँमा मतान्तर घटाउने छ । गएको निर्वाचनमा तुलनात्मक हिसाबले आफ्नो मत, केही सिट पनि बढाउने छ ।’
भक्तपुरको प्रदेश १ (क) मा भएको उपनिर्वाचनमा कृष्णलाल भडेलको विजयीलाई काँग्रेसले सफलताको रुपमा अथ्र्याएको छ ।
उपनिर्वाचनबारे काँग्रेस आज अपराहन्न पत्रकारसम्मेल गर्ने तयारी गरेका शर्माले बताए ।
समाचार तयार पारुन्जेल स्थानीय तह अन्तर्गत विभिन्न जिल्लाका ३९ वटा वडाको नजिता सार्वजनिक भएको छ ।
जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २२ र नेपाली काँग्रेसले १२ वटा वडाध्यक्षमा कब्जमा जमाउन सफल भएका छन् । यस्तै राजपा र समाजवादी पार्टीले ३–३ वडा अध्यक्षमा बाजी मारेका छन् । काँग्रेसले भक्तपुरको प्रदेशसभामा विजयी हासिल गरेको छ ।
यसअघि शनिबार काँग्रेसले चुनावमा धाँधली भएको आशयको विज्ञप्ति निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण