लगानीको वातावरण अझै बन्न सकेन : गोल्छा
काठमाडौं । उद्योगी व्यवसायीहरुले मूलुकमा अझैपनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु सकारात्मक भएपनि व्यापार घाटा उच्च हुनु र लगानीको वातावरण बन्न नसक्नुले निजी क्षेत्र प्रोत्साहित हुन नसकेको बताए । उनले सम्पति अभिलेखिकरण नभई सुद्धिकरण हुनुले लगानी बढ्न नसकेको बताए । बैंकको ब्याजदर उच्च भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको समेत उनले बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानीमा पनि डलरको भाउ घटबढ हुँदा हुने जोखिम कम गर्न हेजिङ सुविधा दिनुपर्ने बताए । उनले हेजिङ ऐन लागू भएपनि त्यसले सबै क्षेत्र समेटन नसकेको र वैदेशिक लगानी प्रभावित भएको बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले तत्काल औद्योगिक उत्पादन बढ्न नसक्ने भएकाले साना उद्योगीहरुले उत्पादन गरेका वस्तुहरुलाई निर्यात गर्न सरकारले ध्यान दिनुपर्ने बताए । उनले गाउँगाउँमा उत्पादन हुने वस्तुहरुको बजारीकरणका लागि सरकारले चासो नदिएको गुनासो समेत गरे ।
उद्योगीहरुले मुलुकमा वैदेशिक लगानी भित्र्याउन विभिन्न पहलहरु भएपनि लगानी बढ्न नसकेको बताएका छन् । त्यस्तै उद्योगीहरुले खुला बजार अर्थतन्त्रमा नियामक निकाय राष्ट्र बैंकले ब्याजदरमा नियमन गर्न नसक्दा औद्योगिक क्षेत्र प्रभावित भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण