कास्की–२ मा विद्या भट्टराई जीत नजिक
पोखरा–कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्र्तगत ३७ हजार १ सय ३२ मत गणना सकिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई र काँग्रेस उम्मेदवार खेमराज पौडेलबीचको मतान्तर ८ हजार ५ सय ३६ रहेको छ । मत गणनाको परिणाम हेर्दा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी नजिक पुगेकी छन् ।
भट्टराई ८ वटा वडाको ३७ हजार १ सय मत गणना भइसक्दा २० हजार ७ सय ७९ मत प्राप्त गर्दै विजयको नजिक पुगेकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
अब वडा नम्बर ४, ७ र ८ को ८ हजार ४ सय ६३ मत गन्न बाँकी छ । मतगणना हुन बाँकी मत भन्दा बढी मत भट्टराईले पाइसकेकी छन् । यसले पनि उनको जित सुनिश्चित जस्तै देखिएको छ । नेकपाकी उम्मेदवार भट्टराईको अहिलेको मतान्तरनै ८ हजार ५ सय ३६ मतान्तर छ ।
यस वाहेक अहिलेसम्म समाजवादीको १ हजार ५०३, साझा पार्टीका उम्मेदवराले ६२६ र राप्रपाका उम्मेदवारले १०६० मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण