विवाहपञ्चमीः स्वयम्वर सम्पन्न, आज राति वैवाहिक कार्यक्रम (फोटोफिचर)
जनकपुर । मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनकता छाएको छ । त्रेता युगको झल्को दिने गरी विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि देश विदेशबाट लाखौ दर्शनार्थीहरु जनकपुरधाम आउने क्रम अझैपनि जारी छ । आज राति जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा भव्यताका साथ वैवाहिक कार्यक्रमको प्रबन्ध गरिएको छ । वैवाहिक कार्यक्रमका लागि मन्दिरमा मण्डप समेत दुल्ही झैँ सजाईएको छ ।
जनकपुरधाम स्थित जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइने गरिन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई आज दुल्ही झैँ सिंगारिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको पिता राजा जनकको भूमिकामा छन् ।

यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गरिरहेका छन् । आज राति हुने वैवाहिक कार्यक्रम हेर्नका लागि लाखौँ दर्शनार्थी जनकपुरधाम पुगी सकेका छन् । त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाईने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा रामलक्ष्मणको प्रतिक स्वरूप बनाइएको रामलक्ष्मणलाई जनकपुरधाम नगर दर्शन गराने परम्परा छ ।
त्रेता युगमा रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा छ । यो विधि जानकी मन्दिरको छेउमै रहेको रामजानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष सम्पन्न गरिन्छ । तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पूरुषसँगै आफ्नो छोरीको बिहे गरि दिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ विघामा भएको मानिन्छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ ।
महोत्सवको चौथो दिन राममन्दिरको प्राङ्गणमा हजारौँको भीडका बीच तिलकोत्सव विधि सम्पन्न भएको छ ।
तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा १ सय १ पाहुर राम मन्दिरमा आउने परम्परा छ । जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरी बिच अंकमाल (समधि मिलान) हुन्छ ।

तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको विहेका गीतहरु गाउँछन् भने हास्य परिहासको माहौल समेत हुन्छ । जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ । त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गाली सहितका हस्सीठट्ठा गरिन्छ । राम मन्दिरका महन्थराम गिरीले समधि मिलानको क्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरु सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयम्, गुठी संस्थानका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरु सहभागी हुन्छन् ।
महोत्सवको पाँचौ दिन मटकोर विधिमा जानकीको मटकोरका लागि मिथिलाका महिलाहरुले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।
छैठौँ दिन आज ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न भएको छ भने आजै रातिमा वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्यम्बरका लागि राममन्दिर तथा जानकी मन्दिरको डोलारंगभूमि मैदान बाह्रबिघामा पुगेको थियो । स्वयम्बर पछि दूबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुगेको छ, जहाँ वैवाहिक कार्यक्रम हुनेछ ।

विवाहपञ्चमीको सातौ दिन भारतको अयोध्याबाट आएका जन्तीलाई भोजन गराउँदै विदाई गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरुलाई गाली गलौज गर्ने समेत परम्परा छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि दुरदराजबाट लाखौँका संख्यामा श्रद्धालु भक्तजनहरु आएका छन् । जसले गर्दा जनकपुरको राममन्दिर क्षेत्र, जानकी मन्दिर क्षेत्र, रंगभूमी मैदान, रामानन्द चोक लगायतका अधिकांश चोकहरु श्रद्धालु भक्तजनले भरिभराउ छ भने जनकपुरको सुरक्षाव्यवस्था अति नै कडा रहेको जिप्रका धनुषाले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण