इराकी संसदबाट प्रधानमन्त्री मेहदीको राजीनामा स्वीकृत
बग्दाद । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीको सरकारले संसदमा पेश भएको राजीनामालाई यहाँको संसदले आइतबार स्वीकृत गरेको छ । आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि खासगरी सिया समुदायका धर्मगुरू ग्राण्ड आयातोल्लाह अली सिस्तानीले राजीनामा दिन प्रधानमन्त्रीलाई दवाब दिएपछि प्रधानमन्त्री मेहदीले संसदमा राजीनामा पेश गरेका हुन् । ‘उहाँको राजीनामालाई संसदले स्वीकृत गरेको छ,’ सभामुखले सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा बताए ।
इराकमा करिब दुई महिनादेखि राजधानी बग्दाद तथा मुलुकको दक्षिणी क्षेत्रमा भएका आन्दोलनका क्रममा ४२० जनाको मृत्यु भएको छ । पछिल्लो समय भ्रष्टाचारविरोधी अभियान सशक्त बन्दै गएपछि मेहदीले संसदमा आफ्नो राजिनामा पेश गर्ने र संसदको निर्णय आफूले मान्ने गत शुक्रबार घोषणा गरेका थिए ।
इराकी संसदले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेपछि सभामुखले नयाँ प्रधानमन्त्रीका लागि कानूनी प्रक्रियालाई छिट्टै अघि बढाउने बताएका छन् । उनले छिट्टै राष्ट्रपति बर्हाम सालेहलाई भेटी नयाँ प्रधानमन्त्री नियुक्त गर्न औपचारिक अनुरोध गर्ने बताए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल