अस्पतालको बेडबाटै प्रधानमन्त्री ओलीले हेरे सागको लाइभ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै १३ औं सागको उद्घाटन समारोह हेरेका छन् ।
सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ गरेकी थिइन् । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा अध्यक्ष प्रचण्डलगायत पुगेको भएपनि ओली भने स्वास्थय अवस्थाका कारण सहभागी हुन पाएनन् ।
एपेन्डिसाइटिसको अपरेशन पछि अस्पतालमै आराम गरिरहेका ओलीले अस्पतालकै बेडबाट साग लाइभ हेरेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
आफूहरुले दशरथ रंगशालामा ओलीलाई बेस्सरी मिस गरेपनि प्रमले भने समारोह मिस नगरेको रिमालले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
१३ औं सागको भव्य उद्घाटन भन्दै रिमालले ट्वीटरमा लेखेका छन्, ‘हामीले दशरथ रंगशालामा प्रधानमन्त्रीलाई बेस्सरी मिस गर्यौँ। तर उहाँले समारोह मिस गर्नु भएन। अस्पतालको बेडबाटै प्रत्यक्ष प्रशारण पुरै हेर्नु भयो। वाइफाइ व्यबस्थापनको लागि अस्पताल प्रशासनलाई धेरै धेरै धन्यवाद !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण