चुनाव हारेपछि साझा पार्टीले भन्यो–हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन, ओरालो पनि झर्नुपर्छ
काठमाडौँ । उपनिर्वाचनमा पराजय व्यहोरेको साझा पार्टीले गल्तीकमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने जनाएको छ ।
सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै पराजयलाई मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिइएको उल्लेख गरेका छन् ।
हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने भन्दै साझा पार्टीले नेपाल रूपान्तरणको राजनीतिक यात्रामा अब रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर रहेको आरोप लगाउँदै साझा पार्टीले विधिको शासन भत्काउनले काम भएको समेत दावी गरेको छ ।
‘जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ। गाउँटोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ’, विज्ञप्तिमा भनिएको छ ।
साझा पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सबैप्रति धन्यवाद प्रकट गर्दै साझा पार्टीले विजयी अन्य पार्टीका उम्मेदवारलाई शुभकामना पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण