एनएमबि बैंकलाई साफा कर्पोरेट गभर्नेन्स सहित दुई अवार्ड प्रदान
सोमबार, १६ मङ्सिर २०७६, १३ : ०४

काठमाडौं– एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ ।
उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ ।
साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ । बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो ।
साफा कमिटि फर इम्प्रुभमेन्ट इन ट्रान्सप्यारेन्सी, अकाउन्टेविलिटी एण्ड गभर्नेन्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मुल्यंकनको आधारमा प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेबिज लागेर एक जनाको मृत्यु
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)
-
जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मिसुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी