कोप-२५ को औपचारिक सुरूवात
म्याड्रिड । संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (कोप२५) स्पेनको राजधानी म्याड्रिडमा औपचारिक रूपमा सोमबार सुरू भएको छ । जलवायु परिवर्तन अन्तरसरकारी समिति (आइपीसीसी) का अध्यक्ष होसुङ लीले जलवायु परिवर्तन र यसका असरबारे सम्बोधनका साथ औपचारिक रूपमा सुरू भएको यस सम्मेलनमा पनि पेरिस सम्मेलनले उठाएका बिषयलाई मुख्य बिषयका रूपमा उठाइने सम्मेलनमा भाग लिन स्पेन पुगेका विश्व नेताहरूले बताएका छन् ।
जलवायु नियन्त्रण प्रयासका लागि भएका वर्तमान् प्रयासले पृथ्वीको तापमान वृद्धिबाट आउनसक्ने भयावह स्थितिलाई सम्वोधन गर्न असम्भव रहेको लीले बताए । उनले भने, ‘यदि हामीले जे गरिरहेका छौँ यसैलाई निरन्तरता दिने हो भने पृथ्वीको तापमान वृद्धिलाई जुनरूपमा नियन्त्रणमा राख्नुपर्ने हो यो सम्भव नभएको र यसले समस्त मानवजगत्ले भयावह स्थितिको सामना गर्नुपर्ने र यसले हाम्रो अस्थित्वमाथि नै खतरा ल्याउनसक्नेछ ।’
‘हामीले जलवायु परिवर्तनको समस्यालाई सम्वोधनका लागि प्रशस्त कार्य त गर्न सकेका छैनौँ र यो अवस्थालाई नियन्त्रणमा राख्नका लागि समस्याको निकटसम्म पनि पुग्न सकेका छैनौँ,’ आइपीसीसी अध्यक्ष लीले भने ।
सम्मेलनलाई सम्वोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस भने, ‘विश्वलाई जलवायु परिवर्तनविरूद्धको युद्ध जित्न ऐक्यवद्धता र लचकताको जरूरी छ ।’
महासचिव गुटेर्रेसले भने, ‘पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि खनिज इन्धनको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ ।’ उनले थपे, ‘यदि यसो गरिएन भने हामीहरू एउटा प्रलयकारी अवस्थाबाट अन्त्य हुनेछौँ । हाम्रो (मानवजगत) को अस्तित्व नरहन सक्नेछ ।’
जलवायु नियन्त्रणका लागि पछिल्लो पुस्ताका युवाहरूले गरेको प्रयासलाई प्रशंसा गर्दै उनले भने, ‘युवाहरूले विश्व नेताहरूलाई जलवायु समस्यालाई तत्काल सम्वोधन गर्न घचघचाइरहेका छन् । यो निरन्तर आवश्यक छ ।’ चिलीमा हुनेगरी तय भएको कोप२५ सम्मेलन त्यहाँको सामाजिक तथा राजनीतिक समस्याका कारण स्पेनले आयोजना गरेको हो ।
स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले सम्मेलनका सहभागीहरूलाई स्वागत गर्दै भने, ‘म्याड्रिड जलवायु परिवर्तन समस्याविरूद्धको लडाई लड्ने पहिलो राजधानी शहर हुनेछ । स्पेनी प्रधानमन्त्रीका रूपमा मैले यो प्रतिवद्धता व्यक्त गर्दछु ।’ सम्मेलन यही डिसेम्बर १३ सम्म चल्नेछ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण