इतिहास रच्दै मेस्सी, छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड
अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ ।
सन् २०१९ को बालोन डी’ओर अवार्डको जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पारे । मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् ।
महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलरक्षको अवार्ड जिते । विश्वका एक सय ८० देशका पत्रकार, कप्तान र प्रशिक्षकको मतका आधारमा प्रदान गरिने यस अवार्ड फ्रान्सले सन् १९५६ देखि सञ्चालन गर्दै आएको छ ।
गतबर्ष क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिचले यस अवार्ड जितेका थिए । मोड्रिचले यसपटक मनोनयनमै थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण