बुधबार साँझदेखि १९ गते मध्यरातसम्म ग्लोबल आईएमई र जनता बैंकको कारोबार प्रभावित हुने
मङ्गलबार, १७ मङ्सिर २०७६, २१ : ०९
काठमाडौँ । ग्लोबल आईएई बैंक र जनता बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले ३० घण्टाका लागि कारोबार प्रभावित हुने एक सूचनामार्फत जनाएका छन् ।
बुधबार साँझ ६ बजेदेखि बैंकको एटीमएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा बन्द हुने तथा बिहीबार राति १२ बजेसम्म बैंकका सबैखाले सेवा बन्द रहने सूचनामा जनाइएको छ ।
बैंकले यसबाट ग्राहकमा पर्ने असुविधानप्रति क्षमयाचना गर्दै २० गतेबाट भने ग्लोबल आईएमई बैंककै नाममा एकीकृत कारोबार सुचारु गर्ने जनाइएको छ ।
यसैबीच ग्लोबल आईएई बैंकको राजश्व काउन्टरबाट प्रदान गरिने सेवा भने यथावत रहने जनाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण