हस्तकला मैत्री बन्यो नबिल बैंक, हस्तकला क्षेत्रको प्रबर्धनमा सहयोग गर्ने
काठमाडौं– १७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघ बीच सम्झौता भएको छ ।
हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतासंगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागी नबिल बैंक सधैं तत्पर रहने बताएका थिए । उनले हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघसंग सहकार्य गर्न पाउंदा निकै खुशी लागेको र यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विस्वास व्यक्त गरे ।
नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउंदा खुशी लागेको बताउंदै निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा खुशी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण