जनकपुरमा हुने साग प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
जनकपुर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।
जनकपुरमा साग खेल हुने भएपछि जिर्ण रहेको कभर्डहललाई रंगरोगन गरी चिटिक्क बनाइएको छ ।
जनकपुरमा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ ।
जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले खेलको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले बताए ।
सागको कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक गरी जम्मा १ सय २५ जना सहभागी हुने अध्यक्ष चौधरीले बताए ।
साग अन्तर्गतको कुस्ती खेलमा सहभागी हुनका लागि नेपाल र बंगलादेशबाट खेलाडीहरु जनकपुर आइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विनोद कुमार सिंहले जानकारी दिए ।
कुस्ती खेल प्रतियोगीतामा सहभागी हुनका लागि नेपालबाट १० पुरुष, ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला खेलाडी जनकपुरमा आईपुगेका छन् । त्यस्तै भारतबाट महिला र पुरुष गरी करिब २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० जना पुरुष खेलाडी आउने भएका छन् । सबै खेलाडीहरु आज बेलुकासम्म जनकपुर आईसक्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण