अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलन वासिङ्टनमा शुरु
अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलन बिहीबारदेखि वासिङ्टन डिसीमा शुरु भएको हो । क्यानाडाका पूर्व प्रधानमन्त्री तथा युनियनका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए ।
सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ ।
सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा समेत बिचार विमर्श हुनेछ ।
आजै वाशिंगटन डिसीमा युनियनका अध्यक्ष तथा क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर र पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाबीच भेट भएको छ ।
भेटको अवसरमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष थापाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण