अध्यक्ष प्रचण्डद्वारा तेघरीको अवलोकन
बिहीबार, १९ मङ्सिर २०७६, २२ : ०५
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तरियास्थित तेघरीमा बन्न लागेको सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी क्षेत्रको अवलोकन गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार गर्ने वित्तीय सम्मेलनको उद्घाटनका क्रममा धनगढी आइपुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बन्ने स्थानको स्थलगत अवलोकन गरी जानकारी लिए ।
उनले अवलोकनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारले तोकेको स्थायी राजधानीको स्थान उपयुक्त रहेको प्रक्रिया दिएको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदले जानकारी दिए । प्रचण्डसँगै अवलोकनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण