निजगढ विमानस्थलमा सर्वोच्चको तगारो: काम अघि नबढाउन आदेश
शुक्रबार, २० मङ्सिर २०७६, १७ : ०१
काठमाडौँ– निर्माण प्रकृयामा रहेको बारा जिल्लास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएसँगै निर्माण प्रकिया अघि नबढ्ने भएको हो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले आदेश दिएको हो ।
सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण