निजगढ विमानस्थलमा सर्वोच्चको तगारो: काम अघि नबढाउन आदेश
शुक्रबार, २० मङ्सिर २०७६, १७ : ०१

काठमाडौँ– निर्माण प्रकृयामा रहेको बारा जिल्लास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएसँगै निर्माण प्रकिया अघि नबढ्ने भएको हो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले आदेश दिएको हो ।
सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित
-
पर्वत घटनाका दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग
-
नेपाल मगर विद्यार्थी सङ्घको स्थगित भएको निर्वाचन वैशाख ३१ गते हुने
-
झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
-
नुर अहमदको शानदार बलिङ, कोलकाताद्वारा १ सय ८० रनको लक्ष्य प्रस्तुत
-
बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन