गैरजिम्मेवार त्रिभुवन विश्वविद्यालयः विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलबाड
त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ । तर, विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई ‘रेस्पोन्स’ गर्न आवश्यक ठानेको देखिँदैन ।
त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटकपटक उजुरी परे पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
विश्वविद्यालय अनुदान आयोगले सोधेको प्रश्नको जवाफ दिन त्रिभुवन विश्वविद्यालयले अटेर गर्दै आएको आयोगका सदस्यसचिव देवराज अधिकारी स्विकार्छन् ।
उनले भने, ‘क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा उजुरी परेपछि हामीले विश्वविद्यालयसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म जवाफ आएको छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण