भुटान फाइनलमा, नेपाललाई बंगलादेश पन्छाउने चुनौती
काठमाडौं । नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनल नजिक पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । फाइनलमा पुग्न नेपालले अब आइतबार बंगलादेशलाई हराउनु पर्ने चुनौती छ ।
माल्दिभ्ससरिुद्ध नेपालले पुनरागमन जित निकालेको थियो । माल्दिभ्सका इब्राहिम हुसेनले १८ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि नेपालका अभिषेक रिजालले ४३औं मिनेटमा बराबरी गोल फर्काए । ५२औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई जिताएका थिए ।
अनन्तले सुनिल बलको कर्नर पासमा गोल गरेका थिए । शनिबार नै भएको अर्को खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै भुटान फाइनलमा प्रवेश गरेको छ । जितसँगै भुटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो । भुटानको जितमा १८ औं मिनेटमा छिमी दोर्जीले गोल गरे । दावा छिरिङले ६९औं मिनेटमा र एसी दोर्जीले ८० औं मिनेटमा एक एक गोल थपेका थिए । शीर्ष स्थानमा भुटानले चार खेलबाट नौ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ । तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ । दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार नेपाल र बंगलादेश बीचको खेल हुनेछ । उक्त खेलले फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । लिग चरणमा तेस्रो हुने टोलीले सोझै कांस्य पदक जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी
-
बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, सात जनाको मृत्यु
-
प्राधिकरण र निगममा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न रास्वपाको माग
-
पर्वत र पाँचथरमा नाबालिगमाथि जबरजस्ती करणी
-
इलाममा बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ