भुटान फाइनलमा, नेपाललाई बंगलादेश पन्छाउने चुनौती
काठमाडौं । नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनल नजिक पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । फाइनलमा पुग्न नेपालले अब आइतबार बंगलादेशलाई हराउनु पर्ने चुनौती छ ।
माल्दिभ्ससरिुद्ध नेपालले पुनरागमन जित निकालेको थियो । माल्दिभ्सका इब्राहिम हुसेनले १८ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि नेपालका अभिषेक रिजालले ४३औं मिनेटमा बराबरी गोल फर्काए । ५२औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई जिताएका थिए ।
अनन्तले सुनिल बलको कर्नर पासमा गोल गरेका थिए । शनिबार नै भएको अर्को खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै भुटान फाइनलमा प्रवेश गरेको छ । जितसँगै भुटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो । भुटानको जितमा १८ औं मिनेटमा छिमी दोर्जीले गोल गरे । दावा छिरिङले ६९औं मिनेटमा र एसी दोर्जीले ८० औं मिनेटमा एक एक गोल थपेका थिए । शीर्ष स्थानमा भुटानले चार खेलबाट नौ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ । तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ । दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार नेपाल र बंगलादेश बीचको खेल हुनेछ । उक्त खेलले फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । लिग चरणमा तेस्रो हुने टोलीले सोझै कांस्य पदक जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण