बढ्दो छ सर्वे लाइसेन्स लिनेको संख्या, ३ वर्षमा ५९ लाई
आइतबार, २२ मङ्सिर २०७६, ०७ : ४१
विद्युत् विकास विभागले पछिल्लो ३ वर्षमा ५९ सौर्य ऊर्जा परियोजनालाई सर्वेक्षणका लागि अनुमपतिपत्र प्रदान गरेको छ । विभागले हालसम्म कुल ४८१.९७ गेगावाट (मेवा) क्षमताका विभिन्न परियोजनाहरुलाई सर्वेक्षणको अनुमति दिएको हो ।
विभागको तथ्यांकले देखाउँछ, गत आर्थिक वर्षदेखि सौर्य ऊर्जाको सर्वे लाइसेन्सका लागि निवेदन दिने र पाउने क्रम बढेको छ । आव २०७५/७६ मा ३४०.५६ मेवाका २५ परियोजनाले सर्वे लाइसेन्स पाएका छन् भने चालु आवमा हालसम्म ६१.५९ मेवाका ९ परियोजनाले यस्तो लाइसेन्स पाएका छन् ।
विभागले २०७३ असोज १४ गतेदेखि ग्रीड कनेक्टेड सोलार पावर परियोजना सञ्चालनका लागि अनुमति अनुमति दिन थालेको थियो । विभागले जारी गरेका सर्वेक्षण अनुमतिपत्रमा ०.५ मेवादेखि १२० मेवासम्म क्षमताका परियोजनाहरु छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक : कांग्रेसले सुरुमै ‘ढ्यापढ्याप’ गर्ने
-
मधेश सरकारले स-शर्त अनुदानमा विभेद गरेकोमा माओवादीको आपत्ति
-
सिधाकुरा प्रकरण : प्रेस जगत्को लोकतन्त्र खोसिँदै
-
कोशी र गण्डकी सरकारबारे के गर्ला सर्वोच्च अदालतले ?
-
खर्च कटौतीको विरोधमा अर्जेन्टिनामा व्यापक प्रदर्शन
-
आइप्याड प्रोको विवादास्पद विज्ञापनका लागि एप्पलले माग्यो माफी