बढ्दो छ सर्वे लाइसेन्स लिनेको संख्या, ३ वर्षमा ५९ लाई
आइतबार, २२ मङ्सिर २०७६, ०७ : ४१
विद्युत् विकास विभागले पछिल्लो ३ वर्षमा ५९ सौर्य ऊर्जा परियोजनालाई सर्वेक्षणका लागि अनुमपतिपत्र प्रदान गरेको छ । विभागले हालसम्म कुल ४८१.९७ गेगावाट (मेवा) क्षमताका विभिन्न परियोजनाहरुलाई सर्वेक्षणको अनुमति दिएको हो ।
विभागको तथ्यांकले देखाउँछ, गत आर्थिक वर्षदेखि सौर्य ऊर्जाको सर्वे लाइसेन्सका लागि निवेदन दिने र पाउने क्रम बढेको छ । आव २०७५/७६ मा ३४०.५६ मेवाका २५ परियोजनाले सर्वे लाइसेन्स पाएका छन् भने चालु आवमा हालसम्म ६१.५९ मेवाका ९ परियोजनाले यस्तो लाइसेन्स पाएका छन् ।
विभागले २०७३ असोज १४ गतेदेखि ग्रीड कनेक्टेड सोलार पावर परियोजना सञ्चालनका लागि अनुमति अनुमति दिन थालेको थियो । विभागले जारी गरेका सर्वेक्षण अनुमतिपत्रमा ०.५ मेवादेखि १२० मेवासम्म क्षमताका परियोजनाहरु छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण