चिट्ठामा जितेकाे ६ करोडले खेत किने, खन्ने क्रममा माटोको भाँडाभित्र भेटे सय वर्ष पुरानो खजाना
आइतबार, २२ मङ्सिर २०७६, ०९ : २९
भारतको केरलका ६६ वर्षका बी. रत्नाकर पिल्लईले गत वर्ष क्रिसमसमा ६ करोड भारु चिट्ठामा जितेका थिए । उक्त पैसाले उनले खेत किने । खेत नजिकै थियो पुरानो कृष्ण मन्दिर । पिल्लईले उक्त खेतमा सख्खरखण्डको खेती सुरु गर्ने निधो गरे । मंगलबार खेत खन्ने बेला उनले माटोको भाँडोमा गाडिएको अवस्थामा राखिएको खजाना भेटे ।
पिल्लईले उक्त भाँडोभित्र दुई हजार ५ सय ९५ वटा सय वर्ष पुरानो सिक्का भेटे । सिक्काको तौल २० किलो चार सय ग्राम छ । सबै सिक्का तामाका हुन् जो त्रावणकोर साम्राज्यका हुन् । यद्यपि, यसको मूल्य अहिले नै पत्ता लाग्न सकेको छैन । यसलाई सफा गर्न ल्याब पठाइएको छ । सफा भएपछि विशेषज्ञले यसको मूल्य निर्धारण गर्ने भारतीय संचार माध्यमले बताएको छ ।
सन् १८८५ देखि १९४९ सम्म त्रावणकोरको शासन रह्योः
सिक्का त्रावणकोरका दुई महाराजाको शासनकालको क्रममा चलनमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण