त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका नै साटिएपछि....
काठमाडौं । सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्र्तीण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानून र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पनासमेत गर्न सकिदैन । तर देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कर्मचारीले नै परीक्षाको मर्यादा नराखेको पाइएको छ ।
त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पाना घर लगेर विज्ञलाई लेख्न लगाइएको पाइएको छ ।
बाहिर अन्य व्यक्तिलाई नै लेख्न लगाइएको उत्तरपुस्तिकापछि वास्तविक कभरपेजमा नत्थी गरी गैरकानूनी काम गरेको अभियोगमा आयोगले आज चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक तेजनारायण चौधरीमार्फत उत्तर पुस्तिाका साटेर गर्न लगाएको पाइएको छ ।
चौधरीले सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी पुस्तिका साटफेर गरेको पाइएको छ । परीक्षार्थी आलेमगर र कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरेको आयोगको अध्ययनमा फेला परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उत्तरपुस्तिका साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरी लाभ दिने दिलाउने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण