यी गायिकाले दिइन् पूर्व प्रेमीलाई हत्या गर्ने धम्की, डराएर पुगे पुलिसथाना
सोमबार, २३ मङ्सिर २०७६, ०९ : ०९
गायिका केटी प्राइसका पूर्व प्रेमी चार्ल्स ड्ररी आफ्नी पूर्व प्रेमिका प्राइसबाट पाएको ज्यान मार्ने धम्कीपछि डराएका छन् । द सन डट को डट यूकेको रिपोर्ट अनुसार चार्ल्सले दिएको जानकारी अनुसार बिहिबार राती पुलिसले उनीसँग तीन घण्टा सोधपुछ गरेको र जब उनले केटीलाई फोन गरेर उनको घरबाट आफ्नो कपडा फिर्ता लैजान भने तब केटीले उनलाई धम्की दिएको बताइएको छ ।
चार्ल्सका साथीले भने, ‘चार्ल्सले केटी प्राइसलाई घरबाट आफ्नो कपडा फिर्ता लैजान सक्छिन् भनेर सोधे । त्यसपछि प्राइसले यदि उनी घरको वरिपरिमात्रै देखिए पनि उनलाई मारिदिने धम्की दिइन् । केटी यति धेरै आक्रोशित भएपछि उनी आफ्नो सुरक्षाका लागि चिन्तित छन् ।’
चार्ल्सका साथीका अनुसार चार्ल्सले त्यसपछि पुलिसको सहयोग लिने निर्णय गरेका छन् किनभने उनी कुनै खतरा मोल्न चाहँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण