सरकार र एसियाली विकास बैकबीच चार परियोजना निर्माणका लागि सम्झौता
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ । सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदिको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडीबीसँग सम्झौतामा गरेको हो ।
ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा मंगलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा एडीबीका देशीय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदिको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए ।
कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए । त्यसमध्ये एडीबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताए । उनले उक्त सडकखण्डको आँबु खैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताए ।
अर्थसचिव खनालले सडकको स्तरोन्नती गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पु¥याउने विश्वास गरे । एडीबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामीण विकासका लागि सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण