अमेरिकाको जर्सी शहरमा गोलीबारी, पुलिससमेत ६ जना मारिए
अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको ज्यान गएको छ ।
शहरका मेयर स्टिवन फुलपका अनसार दुई अन्य पुलिसकर्मी घाइते भएका छन् ।
शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो । जर्सी शहर हडसन नदीको अर्कोतर्फ छ । हडसन नदीको एकातर्फ न्यूयोर्क शहर छ ।
गोलीबारी गर्ने को थिए र उनीहरुको यस पछाडिको उद्देश्य के थियो भन्नेबारे केही निश्चित जानकारी आइसकेको छैन । तर अधिकारीले यो चरमपन्थी हमला नभएको अनुमान गरेका छन् ।
स्थानीय मिडिया अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए ।
मारिएका पुलिसकर्मी ३९ वर्षका जोसेफ सील्स थिए । उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको पुलिसको सेवामा थिए ।
जर्सी शहरका पुलिस प्रमुख माइक केलीले स्थानीय समयानुसार दिउँसो १२ बजे आसपास गोलीबारीको सुरुवात भएको जानकारी दिएका छन् ।
जोसेफ सील्सले दुई संदिग्धलाई पक्राउ गर्ने कोसिस गर्नेबेला मारिएको बताइएको छ । दुबै संदिग्ध एउटा ट्रकमा भागेको र नजिकैको सुपरमार्केटमा गएर लुके । उनीहरुले पसलभित्र गएर पुलिसमाथि गोली चलाइरहेको बताइन्छ ।
पुलिसका अनुसार हमलाकर्तासँग भारी राइफल थिए र सयौं राउन्ड गोली थिए ।
पछि स्वेटजस्ता विशेष पुलिस दललाई बोलाइयो जसले संदिग्धलाई मारे ।
पसलभित्र तीनजना मारिए । पुलिसका अनुसार पसलभित्र मारिएका मानिसहरुको मृत्यु हमलाकर्ताको गोलीका कारण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण