जापानी भाषा परीक्षाको नतिजा सार्वजनिकः दुई चरणको परीक्षामा ५६ जना मात्रै पास
बुधबार, २५ मङ्सिर २०७६, ०७ : १७
वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।
पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।
गत अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने नोभेम्बरसहित दुई चरणमा सम्पन्न परीक्षामा जम्मा ५६ जना मात्र उत्तीर्ण भएको जापान फाउन्डेसनले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण