सलाहको उत्कृष्ट गोलसँगै लिभरपुल समूह विजेता
एजेन्सी । इङ्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘ई’ अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई २–० गोलले हरायो । साविक विजेता लिभरपुल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
यस समूहबाट उपविजेता बन्दै इटालियन क्लब नापोलीले समूह उपविजेता बन्दै नकअउट चरणमा स्थान बनाएको छ । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि नाबी केइटाले ५७ औँ मिनेटमा खाता खोले । एक मिनेट लगत्यै मोहमद सलाहले गोलगर्दै लिभरपुललाई जिताएका थिए ।
अर्को खेलमा नापोलीले बेल्जियन क्लब जेन्कलाई ४–० गोलले पराजित गर्यो ।
नापोलीको जितमा अर्काडिउस मिलिकले ह्याट्रिक गरे । मिलिकले तेस्रो मिनेटमा खाता खोलेका थिए । उनले २६ औँ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अर्को गोल डायर्स मार्टेन्सले ७५ औँ मिनेटमा पेनाल्टी मार्फत थपेका थिए ।
समूह ‘ई’ को विजेता लिभरपुलले १३ अङ्क नायो । १२ अङ्क बनाएको नापोलीले पनि उपविजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण